काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन् ।
मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताएका छन् ।
स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परिक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने उनको धारणा छ । खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ । मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिएका छन् ।
पुष ११ गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए । तर पूर्वसहमति अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मानेका थिएनन् ।



















