काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं आएका थिए ।
पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक रहेका थिए ।




















