काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको नयाँ अभ्यास स्थापित गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमा छलफल गर्दै ओलीले कांग्रेसले राजनीतिमा नयाँ अभ्यासको सुरुवात गरेको बताए ।
कांग्रेसले प्रतिपक्षीको होइन सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष भएको ओलीको भनाइ छ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेकोमा देउवालाई धन्यवाद दिँदै ओलीले नयाँ लोकतान्त्रिक अभ्यास भएको बताए ।
ओलीले सरकारमा रहँदा प्रधानमन्त्रीले गर्ने भनेको काम र काम गर्न गरेको प्रतिबद्धताका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् ।




















