काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू-भागमा हुस्सु-कुहिरो र शीतलहर जारी रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ।
शनिबार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने महाशाखाले बताएको छ।
पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो। पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी छ। हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पहाडी क्षेत्रको मौसममा भने दिउँसोदेखि सुधार आउने महाशाखाले भनाइ छ ।




















