काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठन गरेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको छ ।
शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलका सदस्यहरुको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले कार्यक्रमलाई पूर्णता दिएको हो । कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई भोलि शीर्ष तहमा पेश गर्नेछ ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् ।




















