कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । यसअघि बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकार गठनका लागि आह्वान गरिएको छ ।