काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।
ओली र प्रचण्डबीच सरकार विस्तार, सरकारले गर्ने कामलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।
नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका हुन । ती पार्टीलाई पनि सरकारमा सहभागि गराउने विषयमा कुराकानी भएको बुझिएको छ ।



















