काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पक्राउ परेका सुडानी नागरिकले साढे १९ किलो सुनको बेल्ट लगाएर आएका थिए ।
दुवई फ्लाइटबाट नेपाल आएका सुडानी युवकले प्रहरी र कर्मचारीहरुको आँखा छल्न १९ केजी सुनको बेल्ट लगाएर आएका थिए ।
आज दिउँसो २ बजेर १५ मिनेट विमानस्थालमा भन्सारको टोलीले पक्राउ गरेका २७ वर्षीय सुडानी युवकले १९ केजी सुनको पेटी बनाइ लगाएर आएको पाइएको भन्सार अधिकृत अम्विकाप्रसाद खनालले जानकारी दिएका छन् । थप अनुसन्धान अघि बढाइएको खनालले बताएका छन् ।



















