काठमाडौं । त्रिभुवन विमानस्थलमा साढे १९ किलो सुन सहित सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाइ दुवई विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई सुन सहित प्रहरी र अध्यागन विभागले पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा उनले शरीरमा लुकाएर ल्याएको सुन वरामद भएको प्रहरीले जनाएको छ । भर्खरै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।



















