काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका छन् ।
आलोपालो सरकारको नेतृत्व हुने बताउँदै प्रचण्डले पहिलो पालोमा को प्रधानमन्त्री भन्ने बारेमा सल्लाह हुन बाँकी रहेको बताएका छन् ।
शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सफल भए जस्तै सरकार पनि सहज रुपमा बन्ने उनले विश्वास व्यक्त गरेका छन् ।