काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार बिहान भएको निर्वाचनमा देउवाले कूल ८९ मतमध्ये ६४ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक भीष्मराज आङदेम्बेले जानकारी दिए।
देउवाका प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।
देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । थापाको प्रस्तावकमा महान्त्री विश्वप्रकाश शर्मा र समर्थकमा धनराज गुरुङ र युवा नेता प्रदीप पौडेलले समर्थन गरेका थिए ।
कांग्रेसका सांसद माया राईले अस्पतालबाटै मतदान गरेकी थिइन् । सुत्केरी भएका कारण राई संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पताल पुगेर मतदान गराएका थिए ।