काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।





















