काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।
प्रतिनिधि सभा
जम्मा मत: १,०३,८२,०८५ मतगणना
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – २७,७३,९९९
नेपाली काँग्रेस – २६,४४,२४१
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) – ११,६१,२५६
राष्ट्रिय स्वतन्त्र पार्टी – ११,१९,९९६
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८५,९२१
जनता समाजवादी पार्टी, नेपाल – ४,२०,९३१
जनमत पार्टी – ३,९४,३४५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) – २,९४,०६३
नागरिक उन्मुक्ति पार्टी – २,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल – १,६७,२७८
नेपाल मजदुर किसान पार्टी – ७५,०४४
हाम्रो नेपाली पार्टी – ५५,५९०
मंगोल नेशनल अर्गनाइजेशन – ४८,५०४
राष्ट्रिय जनमोर्चा – ४६,३४८
नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) – ३०,४११
राष्ट्रिय जनमुक्ति पार्टी – २३,४७८
जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी ) – १७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – १७,७९७
बहुजन एकता पार्टी नेपाल – १७,०६४
नेपाली काँग्रेस (बी.पी.) – १२,४६७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – १२,२६३
नेपाली जनता दल – ९,९६९
बहुजन शक्ति पार्टी – ९,४३४
नेपालका लागि नेपाली पार्टी – ८,३९५
नेपाल कम्युनिष्ट पार्टी – ७,९९७
नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२
नेपाल जनता पार्टी – ७,५०५
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२
मितेरी पार्टी नेपाल – ७,०४२
जनजागरण पार्टी नेपाल – ६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,३८२
तराई मधेश लोकतान्त्रिक पार्टी- ५,९६७
जनसमाजवादी पार्टी, नेपाल- ५,८६४
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी ) – ५,७७९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,०९९
विवेकशील साझा पार्टी – ४,०३२
एकीकृत शक्ति नेपाल – ३,७५१
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४००
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०
मौलिक जरोकिलो पार्टी – ३,२१०
नेपाल समावेशी पार्टी – २,९४९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन – २,१९१
राष्ट्रिय नागरिक पार्टी – २,१४१
नेश्नलिष्ट पिपल्स पार्टी – २,०१५