काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने भएको छ।
पार्टीका जिल्ला अध्यक्ष कु्लबहादुर बस्नेतले शनिबार एक विज्ञप्ति निकालेर गोरखा क्षेत्र नम्बर २ को प्रदेश (क) मा एमालेका राजु राना र (ख) मा वसन्तकुमार गुरुङलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
पार्टीको निर्णयअनुसार एमालेका उम्मेदवारहरुलाई सूर्य चिह्नमा मतदान गर्न अध्यक्ष बस्नेतले कार्यकर्ता र मतदातालाई अपिल गरेका छन् । दुवै प्रदेश क्षेत्रका राप्रपाका उम्मेदवार माओवादीमा प्रवेश गरेपछि राप्रपा नेपालले एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।
अध्यक्ष बस्नेतले पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै प्रदेश (क)का उम्मेदवार सुवोध बस्न्यात र प्रदेश (ख) का उम्मेदवार सफिदिन मियाँलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको जनाएका छन् ।