चरिकोट । दोलखामा गठबन्धनमा आवद्ध दलहरुले निरन्तर रुपमा चुनावी आचारसंहिता उल्लंघन गर्दै आइरहेका छन् । मतदातालाई प्रभावित पार्न सामाग्री वितरण गर्ने, उम्मेदवारको तस्वरि राखेर गेटहरु निर्माण गर्ने लगायतका काम भइरहेको पाइएको छ ।
निर्वाचन आयोगले जारी गरेको निवाृचन आचारसंहितामा जनप्रतिनिधीहरुलाई आफ्नो स्थानीय तहमा चुनावी प्रचारप्रसारमा रोक लगाइएको छ । आचारसंहिताको यो प्रावधान विपरित गाउँपालिका प्रमुख नै चूनावी प्रचारमा देखिन थालेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष तथा गाउँ कार्यपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठ आफ्नै गाउँपालिकामा गठनबन्धनका पक्षमा मत माग्दै चुनावी प्रचारमा लागेका छन् ।
गाउँपािलका अध्यक्ष श्रेष्ठले आफ्नै गाउँपालिका अर्थात शैलुङ गाउँपालिकाको वडा नम्बर १ दुधपोखरी र वडा नम्बर ३ फस्कु ढुंगेमा आयोजित चुनावी सभा तथा घरदैलो कार्यक्रममा सहभागी भई भएका हुन । गठन बन्धनका पक्षमा मत माग्दै सभामा सहभागी भएका श्रेष्ठले गठबन्धनमा उम्मेद्धवार गंगा कार्की र बर्मा लामाका पक्षमा मत माग्दै हिडेका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पहिलो संशोधन २०७९ को दफा ४ को खण्ड क को ४ मा स्थानीय कार्यपालिका पदाधिकारी आफु बहाल रहेको स्थानी तह बाहेक अन्य स्थानीय तहमा मात्र निर्वाचन प्रचारमा संलग्न हुन सक्ने भन्ने उल्लेख छ । तर श्रेष्ठले त्यसको उल्लंघन गर्दै आफु बहाल रहेकै स्थानीय तहमा चुनावी प्रचारमा संलग्न भएका हुन् ।