काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले जनमत पाए देशमा लुटतन्त्र मच्चिने र देश कंगाल हुने दाबी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले गठबन्धनसँग मिसन र भिजन नभएको बताए । उनले भने, ‘दिशाहिन सरकार बनाएर देशलाई बर्बाद पार्ने कि भिजनसहितको ठोस गन्तव्य र गन्तव्यमा पुग्ने मार्गचित्र भएको पार्टीलाई जिताउने ?’
ओलीले परमादेशबाट प्रधानमन्त्री नियुक्ति गर्नु संविधान संशोधन जस्तो काम भएको बताए । उनले अनाधिकृत, असंसदीय सरकारले देशलाई कंगाल बनाइसकेको बताए ।
ओलीले भने, ‘देशमा ५० औँ अर्व घाटा छ । निर्वाचनमा पैसा बाड्ने काम भयो ।’ उनले भने,‘स्वार्थले बनेको कठपुतली सरकार हो । स्वाभिमान नभएको कठपुतली सरकार हो यो । यो अहिलेको गठबन्धन रियल्ली डेड हो । तर, यो क–कसले पम्पिङ गरिरहेको छ । ६ तिर मुख फर्किएको छ । चिउँडोले चपाइराखेका छन् । खन्चुवा, नीति, थीतिहिन गठबन्धन हो । दे ह्याभ अलरेडी डेथ ।’ उनले जहाँ नेपाली त्यहाँ एमाले रहेको बताए । ओलीले भने,‘नेकपा एमाले एकातिर, अर्को तीन सय भाइ कौरव । ४ गतेको कुरु क्षेत्रमा स्वाहा हुन्छन् ।’




















