काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले सानदार एकल बहुत ल्याउने बताएका छन् ।
मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको बताए ।
ओलीले भने, ‘एमालेको लक्ष्य १५० सिट ल्याउनेछ । १३८ सिट ल्याए बहुमत आउँछ । स्थिरता र स्थायित्वको मिसन पूरा गर्न एमालेले बहुमत ल्याउँछ नै।’
कांग्रेस र माओवादी केन्द्रले एकल रूपमा बहुमत ल्याउन नसक्ने बताए। ओलीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले एकल बहुमत ल्याउनै सक्दैनन् । एमालेले मात्रै ल्याउन सक्छ ल्यायो भने बहुमत । यो पटक जनता ओइरिएका छन् ।’




















