काठमाडौं । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत निर्वाचन आचारसंहिता उल्लंघन गरी दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले आचारसंहिता उल्लंघन गर्दै दूरगामी प्रकृतिका निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदैछ, आजै जान्छ’ निर्वाचन आयोगले भन्यो, ‘सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्यो अनि कतिपय निर्णय समेत लुकायो भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको हो ।’
निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।




















