काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबर प्रति दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा ट्विटरमा जोशीको निधनले आफू निकै दुःखी भएको बताएका छन् । जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहने देउवाले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् सत्यमोहन जोशीको मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ।
उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/bFzDGnDGuG
— Sher Bahadur Deuba (@SherBDeuba) October 16, 2022



















