काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।
नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो ।
उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूतलाई सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिएको बताइएको छ । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।




















