काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्तापछि अध्यक्ष ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा बहुमत ल्याउने अध्यक्ष ओलीले दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले भने- ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउछ।’ अध्यक्ष ओलीले आज मनोनयन दर्ता गर्दै सबै उम्मेदवारलाई शुभकामनासमेत दिएका छन् । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार झापा पुगेका हुन् ।




















