काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्दसूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए ।
आयोगले ३० वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते तोकेको थियो । त्यस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोजको २ र ३ गते समानुपातिकको बन्द सूची बुझाउने समय दिएको थियो । तर दुबै पटक दलहरुले पछिल्लो दिनको अन्तिम समयमा मात्र मनोनयन दर्ता र बन्द सूची बुझाउने काम गरेका थिए ।




















