काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेभित्र टिकट वितरणमा दशबुँदे सम्झौतामार्फत एमालेकै नेताहरुमाथि माफी मगाएर मात्रै टिकट दिइने भनेर विरोधीहरुले गलत हल्ला फैलाइरहेको बताएका छन् ।
एमाले विभाजन ताका माधव नेपाल छाडेर पार्टीमै बसेका नेताहरूमाथि विभेद हुन लागेको र माफी मगाएर मात्र टिकट दिइने भन्ने चर्चाबारे मार्गदर्शनसँगको टेलिफोन वार्तामा उनले त्यो हल्ला मात्र होइन महाहल्ला भएको दाबी गरे ।
एमालेले बहुमत ल्याउने देखेर केही अनलाइन समाचार पोर्टलहरु र केही एमाले विरोधीहरुले मिसनका रुपमा यस्तो फण्डा चलाएको उनले बताए ।
नेता भट्टराईलेभ भने, ‘आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम आउने देखेर केही मिसनकारीहरुले एमालेलाई विभाजित गर्ने र अन्तर्विरोध चर्काउने उद्धेस्यले गरेको चलखेल मात्र हो, टिकट वितरणमा पार्टीमा कुनै पूर्वाग्रह र भेदभाव नहुने अध्यक्षले पटक-पटक पार्टी बैठकमा भन्नुभएको छ ।’
साथै नेता भट्टराईले यदि पार्टीभित्र यो प्रकारको भेदभाव र पूर्वाग्रह हुँदो हो त १० बुँदेको विषय हुँदा बखत आफूहरुसँगै तत्कालीन अध्यक्ष ओली पक्षबाट वार्तामा हुनुभएको नेताको पनि त प्रश्न उठ्नुपर्ला नि ! भन्दै प्रतिप्रश्न गरे ।
आफूहरु बहुमत ल्याउने उद्देस्यका साथ अघि बढेको बताउँदै उनले केहीले एमालेभित्र कसरी फुट र अन्तर्विरोध चर्काएर निर्वाचनमा पराजित गर्न सकिएला भनेर फण्डा चलाएको र यस्ता हल्लाको विश्वास नगर्न उनले आग्रह गरे ।




















