काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वका बेला आपूर्ति सहजीकरण र शान्ति सुरक्षामा बिशेष ध्यान दिइने बताएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौंमा गरेको अन्तक्र्रियामा उनले चाडपर्वमा बजार अनुगमन गर्दै आपूर्ति सहजीकरण र मूल्यको अवस्थामा बारेमा निरन्तर जानकारी लिइने बताएका छन् । उनले बाणिज्य बिभागसंगको सहकार्यमा अहिले पनि बजार अनुगमन भइरहको जानकारी दिएका छन् ।
शान्ति सुरक्षालाई प्रभावकारी बनाउन चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको उनको भनाई छ । उपाध्यायले उपत्यकाको सडक अवस्था, सार्वजनिक सवारीको अवस्था तथा उपभोक्ता हितका लागि सर्वपक्षित छलफल गरेर आवश्यक निर्णय गरिएको धारणा राखेका छन् ।
त्यस्तै बिपत व्यवस्थापनका लागि पनि सवै पक्षलाई तयारी अवस्थामा राखिएको उनले बताए ।


















