काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।