काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको हो ।
घरको दोस्रो तलामा रहेका एकजनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको प्रहरीले जनाएको छ ।




















