काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो ।
संसदले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उहाँको समर्थनमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।




















