काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११० जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९०९ पुगेको छ ।



















