काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुईजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
राति सुतिरेहका बेला एक्कासी पहिरो खसेपछि घर पुरिएको थियो। घरमा एक्लै रहेकी आफ्नी आमा भेट्न काठमाडौंबाट गएका छोरा र छोरीसहित आमाको पनि पहिरोमा परेर मृत्यु भएको बताइएको छ ।


















