काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको मन्त्रालयले जनाएको छ ।



















