काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।



















