काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २२७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४०१ परीक्षणमा २२७ जना संक्रमित थपिएका हुन् । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ रहेको छ ।



















