काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जना संक्रमित थपिएका छन् ।
योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ३१२ जना होम आइसोलेसनमा रहेका छन् भने १३२ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ९९६पुगेको छ ।



















