चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।



















