काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेका मन्त्रालयले जनाएको छ ।



















