काठमाडौँ । नेपाली कांग्रेस नेता प्रदीप गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।
उनले आर्यघाटमा चितामाथि राखिएको गिरीको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरीको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।



















