काठमाडौँ । न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।
यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।
सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।
हेर्नुहोस् जिल्ला न्यायाधीशमा सिफारिस हुनेहरुको नामावली