काठमाडौं । नेपाल प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित २२ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले छुट्टाछुट्टै घटनामा ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।
असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशीला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।




















