म्याग्दी। मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको बताइएको छ ।
आज विहान आएको पहिरोले घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको बताइएको छ ।
स्थानीय समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ भने गोठे र उनकी श्रीमती गोरी विक घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिएका छन् ।