काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् ।
डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रहित अनुकुल हुँदै यी साधनस्रोतको प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताका लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे ।




















