ललितपुर । ग्वार्कोमा बस पल्टिँदा ट्याक्सी थिचिएको छ । आज बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको स्थानीयले बताएका छन् ।
स्थानीयतका अनुसार बा ३ ख ४४४० नम्बरले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई थिचेको हो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते भएको बताइएको छ ।
























