चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । पहिरोका कारण सो सडक खण्ड अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

























