काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सो अवधिमा कुनै पनि सङ्क्रमितको मृत्यु भने भएको छैन ।
३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जना सङ्क्रमित थपिएका हुन् । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जना सङ्क्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३८५ पुगेको मन्त्रालयले जनाएको छ ।

























