काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई तबला उपहार दिएका छन् ।
अध्यक्ष ओलीसँग बुधवार साँझ महानगरका विविध विषयमा कुरा गर्न साह बालकोट पुगेका थिए ।
भेटका क्रममा अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालीन महत्त्वका कामहरू, देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा छलफल गरेका थिए । भेटमा मेयर बालेनले एमालेको पूर्ण साथ दिन आग्रह गरेका थिए ।
सो अवसरमा अध्यक्ष ओलीले महानगरले अघि सार्ने विकास तथा जनमैत्री काममा एमालेको सधैँ साथ रहने र एमालेका जनप्रतिनिधिले सधैँ साथ दिने बताए ।

























