काठमाडौँ । सशस्त्र प्रहरी बलका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका छन् ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवाका सिफारिस गरिएको छ ।
बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जानकारी गराएको छ । असार १६ गतेको निर्णयाअनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्कीलगायत ५६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।