काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले मेसिन चलाई धान रोपेर धान दिवस मनाएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।
सो कार्यक्रममा मन्त्रालय, अनुसन्धान केन्द्रका पदाधिकारीहरू समेत सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेर धान दिवस मनाएका छन् ।