काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव बनेका छन् ।
नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत बनिसकेका छन् ।

























