काठमाडौं । सरकारले बिहिबारदेखि ५ बर्ष माथि र १२ बर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ ।
दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई दिन लागिएको यो खोप बिहीबारदेखि पहिलो चरणमा भने २७ जिल्लामा सुरु गरिएको हो । खोप अभियानको भक्तपुरस्थीत आदर्श माध्यमिक बिद्यालयमा युएसएड नेपाल मिसनका अधिकारीहरुले निरिक्षण गरेका थिए ।
पहिलो चरणमा २७ वटा जिल्लामा १५ असारसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ ।
त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाईसकेको छ ।