काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्याएको बताएका छन् ।
मंगलवार काठमाडौंमा पूर्व राजदुतहरुको समूहले आयोजना गरेको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रियताका बिषयमा उठेका बिषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताए ।
प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका बिषय लोकतन्त्रमा हुन नसक्ने ओलीले बताएका छन् । उनले अबको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिएका छन् ।
ओलीले देशको बिकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताएका छन् । ओलीले बलिया राष्ट्रसंग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर स्म्झौता गर्नुपर्ने बताएका छन् ।
ओलीले अन्य मुलुकसंग देखिएका समस्या समाधानका लागि पनि नेपाल अडिक भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरेका छन् ।