काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इण्डोनेसियाका गैर-आवासीय राजदूत हेरु हर्तान्तो सुबोलोबीच आज जङ्गी अड्डामा भेटघाट भएको बताइएको छ ।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
























